चितवन / नेकपा एमाले काे नारायणी नदि किनार मा सम्पन्न हुन गैरहेकाे महाधिवेशन काे उद्घाटन समारोहमा विशेष प्रकृतिको सास्कृतिक प्रस्तुति प्रस्तुत हुनेभएकाे छ ।
नेकपा स्थापना भएकाे ७२ वर्ष पूरा भएकाे अवसरमा राष्ट्रिय जनसास्कृतिक महासँघ नेपालले देशै भरका कला सँस्कृति र पहिरनमा सजिएर ७२ जना कलाकारहरुले अनेकौं राष्ट्रिय धुन का साथमा कैयौं वाद्यवादहरुले शुर र ताल भर्ने छन् ।
उपस्थित जनसमाजलाई कला र गला द्वारा स्वगत र मनाेरन्जन दिनका लागि महासँघका केन्द्रीय कलाकार हरुकाे साथमा राष्ट्रिय जनसास्कृतिक महासँघ नेपाल चितवनले समेत उत्कृष्ट कला प्रदर्शनी गरिने जनसास्कृतिक महासँघ चितवनका सचिव कृष्ण खनालले वताउनुभयाे ।
स्थानीय कलाकारहरुलाई समायोजन गरि रहनुभएका जनसास्कृतिक महासँघका केन्द्रीय सचिवालय सदस्य वरिष्ठ कलाकार पुष्प आचार्य का अनुसार कलाकारहरुले उद्घाटन सभाका अतिरिक्त बन्द सत्रकाे वचत समयमा समेत कलाकार हरुले कला र गलावाट सहभागी हरुलाई थप मनाेरन्जन प्रदान गराउनेछन् ।
जनसाहित्य मन्च चितवनले समेत आफ्नाे साहित्यक प्रस्तुति दिन तयार गरिरहेकाे मन्चका चितवन अध्यक्ष अम्विका कार्की ले वताउनुभयाे । दुवै सत्रमा प्रस्तुत गरिने कलाहरुकाे रियल्सर पूरा भैसकेकाे महासँघका चितवन अध्यक्ष केदार दवाडीले वताउनुभयाे ।
लाखौं जनमानसको उपस्थित मा चितवनको नारायणी नदी काे किनारमा रहेकाे मैदानमा सम्पन्न गरिने खुल्ला सभाकाे भाैतिक तयारी र आकर्षक मन्च निर्माण गर्ने तथा स्वागत द्वारहरु निर्माण गर्ने कार्यकाे अन्तिम तयारी पार्टी जुटएकाे एमाले चितवनका सचिव प्रकाश खनाल , शैलेशले वताउनुभयाे ।
मङ्सिर १० गते उद्घाटन हुने एमाले काे १०अैाँ महाधिवेशन काे बन्द सत्र पर्यटकीय नगरी साैराहामा सम्पन्न हुने छ।





















