सुनसरी / प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न कार्यकर्तासंग आग्रह गरेका छन् ।
सुनसरीको देवानगञ्जमा पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन् ।
उनले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मतरूपमा चयन गर्न आग्रह गरे ।
चुनाव हुने अवस्थामा पनि पार्टीभित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धाको हिसाबले नभई स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नुपर्ने देउवाको भनाइ थियो ।
पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व उत्पन्न हुनुका साथै आउने निर्वाचनमा समेत पार्टीलाई घाटा हुुने भन्दै उनले त्यसतर्फ ध्यान केन्द्रित कार्यकर्तालाई सचेत गराए ।





















