चितवन / नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुरको दोश्रो नगर अधिबेशन आज शनिबार सम्पन भएको छ ।
सम्पन्न अधिबेशनले दुर्गा प्रसाद सापकोटा अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको हो।
जसको उपाध्यक्षमा बिष्णु सापकोटा , महिला उपाध्यक्षमा सिर्जना अधिकारी र सचिवमा विपिन पाठक सर्वसम्मत चयन हुनु भएको हो । त्यसैगरी सह सचिब विनिता श्रेष्ठ र कोषाध्यक्ष यमुना बराल चयन हुनु भएको हो । अन्य सदस्यहरु रहनु भएको छ ।
नवनिर्बाचित पदाधिकारी लाई नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय पुर्ब महासचिव रमाकान्त सापकोटाले सपथ ग्रहण गराउनु भएको थियो ।
अधिबेशनमा चितवन क्षेत्र नम्बर २ का संघिय संसद कृष्णभक्त पोख्रेल प्रमुख अतिथी रहनु भएको थियो ।





















