मुक्तक
पुर्णिमाको उज्यालोमा पनि अँधेरी रात भयो किन
यो धर्तिमा सधै )सधैं यसरी घात भयो किन ।
सत्ता र शक्तिको दुरुपयोग कति गर्छौ नेता हो
माटोको माया गर्न नजान्नेको जमात भयो किन ।
अरुलाई मारेर आफु बनेको भेटियो
अघि कुदेर पछि खाल्टो खनेको देखियो ।
स्वार्थमा नै अडेको रहेछ यो दुनिया
छुरा धसेर मुखले राम भनेको भेटियो ।
असारैमा खेतको चिप्लो आली मनपर्छ
मंसिरैमा लहलह धानको बाली मनपर्छ ।
जवानीमा अन्नभक्त हुदै भन्ने गर्थ्यौ ऊ,
गोरी हैन हिस्सी परेकी काली मनपर्छ ।
सत्ताको मोह बढ्दै जाँदा देश भयो बेहाल
रित्तिएर राष्ट्रिय ढुकुटी देश हुदैछ कङगाल ।
सधैं स्वार्थमा रमाउने महाशय हरू हो होसियार
तिम्रा काला कर्तुतले एकदिन पुग्नेछौ पाताल ।





















