काठमाण्डौं / शिक्षाविद स्वर्गिय माधव प्रसाद मरहट्टाको सम्झनामा ,माधव प्रसाद मरहट्टा स्मृति फाउण्डेशन, गठन भएको छ ।
जीवनको लामो समय गोरखा तथा काठमाण्डौं जिल्लाका विभिन्न स्थानका विद्यालयमा रहि अग्रेजी विषय विज्ञ शिक्षकको रुपमा अध्यापन गराउनु भएका स्व. माधव मरहट्टाको जन्म २०१० सालमा गोरखाको साविक गोरखाली गा. वि. स. हाल गोरखा न. पा. ७ मा जन्मनु भै २०७७ सालको कार्तिक २६ गतेका दिन काठमाण्डौंमा स्वर्गारोहण भएको हो ।
लामो समय शिक्षक पेशामा सेवा गरि सेवा निवृत पश्चात काठमाण्डौंको वानियाँटारमा फ्रलोरोसेन्ट मा. वि. स्थापना गरी संचालन गर्नुभएका एक कुशल शिक्षाविद तथा सामाजिक अभियन्ता स्वर्गिय माधवको सम्झनामा वहाँको परिवारको सकृयतामा ,माधव प्रसाद मरहट्टा स्मृति फाउण्डेशन गठन , गरिएको छ । फाउण्डेशनको संरक्षक उहाँको श्रीमती सरलादेवी मरहट्टा रहनुहुनेछ ।
स्वर्गिय माधव प्रसाद मरहट्टाको जिवन र वहाँले समाजमा पुर्याउनु भएका मानवीय योगदानलाई अमरत्व प्रदान गरी चिरस्थाई बनाउने उदेश्यले सो फाउण्डेशन स्थापना गरिएको स्वर्गिय माधव प्रसाद मरहट्टाका छोरा डा. सुमन बाबु मरहट्टाले जनआवाज अनलाईनलाई बताउनुभयो ।
फाउण्डेशनले १५ लाखको अक्षय कोष राखेको छ । संस्थाले स्वर्गिय माधव प्रसाद मरहट्टाले सेवा गर्नु भएका जिल्लाहरुमा शिक्षा , स्वास्थ्य तथा सामाजिक कार्य गरिने उदेश्य रहेको वहाँका छोरा ई. उमेश बाबु मरहट्टाले बताउनु भयो ।
स्वर्गिय माधव प्रसाद मरहट्टाको कार्तिक २६ गते आजकै दिनको प्रथम वार्षिकीको पुण्य तिथिको अवसरमा हामी वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै फाउण्डेशनको सामाजिक सफलताको शुभकामना व्यक्त गर्दछौं ।
स्वर्गिय माधव प्रसाद मरहट्टाको जीवनी
जन्म- २०१० साल , गोरखकाली गा. वि.स. हाल गोरखा नगरपालिका वडा नं ७ ,गोरखा
पिता- कविराज शेषरमण मरहट्टा
माता- मुक्त कुमारी मरहट्टा
श्रीमती – सरला देवी मरहट्टा
छोराहरु- ई. उमेश बाबु मरहट्टा , डा. सुमन बाबु मरहट्टा
छोरी – संगीता मरहट्टा
दाजुभाइ – ६ जना , दिदी बहिनी – ६ जना
ठुलो कान्छो छोरा
विद्यालय शिक्षा
शक्ति मा. वि. – एस. एल. सि. २०२५
पब्लिक युथ कलेज –आई.कम.२०२७
त्रिचन्द्र कलेज – बि. कम.- २०२९
प्राईभेट- एम.ए. (२०३२)
किर्तिपुर क्याम्पस – बि.एड. (२०३५)
व्यावसायिक संलग्नता
- मण्डली मा. वि. – छोप्राक ,(२०२८ दुई महिना), शिक्षक
- शक्ति मा. वि. ,गोरखा –(२०३०-२०३६), शिक्षक
- जनता मा. वि. ,आँपपिपल –(२०३६-२०४९), प्रधानाध्यपक
- जनशक्ति मा. वि. ,नाम्जुङ –(२०४९ – २०५२), प्रधानाध्यपक
- ज्ञान मन्दिर, सेफर्ड ईन्टरनेशनल स्कुल – विशेषज्ञ शिक्षक
- फ्लोरोसेन्ट मा. वि. ,काठमाण्डौ (२०५२ – २०७२ मसान्तसम्म) संस्थापक प्रिन्सिपल
- फ्लोरोसेन्ट मा. वि. ,काठमाण्डौ-अध्यक्ष (२०७३ – २०७७)
- साउथ वेस्टर्न स्कुल- संस्थापक अध्यक्ष
- साउथ वेस्टर्न कलेज- बोर्ड अफ डाईरेक्टर
- प्याब्सन नेपाल- सल्लाहकार
शैक्षिक आन्दोलन र सांगठानिक सहयोग
- नेपाल राष्ट्रिय शिक्षक संगठन- सल्लाहकार सदस्य – २०४३
- नेपाल राष्ट्रिय शिक्षक संगठन- गोरखा जिल्ला अध्यक्ष- २०४६
- नेपाल राष्ट्रिय शिक्षक संगठन-केन्द्रिय सदस्य- २०४७
- नेपाल राष्ट्रिय शिक्षक संगठन बरिष्ठ उपाध्यक्ष – (२०५६ – २०५९)
- अखिल नेपाल शिक्षक संगठन केन्द्रिय सदस्य – (२०४८)
- अखिल नेपाल शिक्षक संगठन – प्रथम महाधिवेशनबाट निर्वाचित सचिव (२०५२)
- शिक्षक अान्दोलमा विभिन्न जिम्मेवारी बहन गर्दै सक्रिय सहभागिता
- इङ्ग्लिश ल्याङ्ग्वेज ट्रैनिङको इन्स्ट्रक्टरको रुपमा विभिन्न जिल्लाका शिक्षकहरुलाई प्रशिक्षित
- जिल्ला शिक्षा समिति गोरखा एवं राष्ट्रिय शिक्षा समितिद्वारा पटक पटक विभुषित
- नेपाल राष्ट्रिय शिक्षक संगठनलाई मजवुुत बनाउन अन्तर्राष्ट्रिय शिक्षक संगठनका सेमिनार एवं गोष्ठीमा सहभागिता
- पेशागत रुपमा पीडित शिक्षकहरुको पक्षमा बुलन्द आवाज उठान गरि समस्या समाधानमा सकृयता
- तत्कालीन समयमा शिक्षकहरु माथि भएको प्रशासकिय दमन विरुद्धमा निडरतापूर्वक प्रस्तुत हुन सक्ने क्षमतावान व्यक्तित्वको रुपमा महत्वपूर्ण भुमिका निर्वाह
- विशिष्ट शिक्षासेवी सम्मान चयन समिति – २०६५ बाट सम्मानित
Published Books
- Practical English Grammar and Comprehension – 2044 B.S.
- Junior School Essay and Letters
- School Essay and Letters
- Vidyarthi English Workbook – Grade 9 – Co-author
- Vidyarthi English Workbook – Grade 10 – Co-author
- SLC English Model Question and Answers (Co-author) – 2057 B.S.
- Lower Secondary English Practice Book – Class 6 – Co-author
- Lower Secondary English Practice Book – Class 7 – 2005 AD – Co-author
























