चितवन / चितवनको लोकप्रिय मेयर रेणु दाहालको आज जन्मदिन परेको छ । उनले हरेक असार २२ गतेका दिन जन्मदिन मनाउँदै आएकी छिन् ।
उनको जन्मदिनमा आज बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।
चितवनमा जन्मेकी रेणु दाहाल पार्टीको अग्र पंङ्गति काम गर्दै विभिन्न सामाजिक काममा सक्रिय भएपछि चर्चामा आएकी हुन् । चितवनका जनताले असाध्यै मन पराएका मेयर आफ्नो काम प्रति जिम्बेवारी र ईमान्दार छिन् ।
धेरै समय पार्टीमा र सामाजिक क्षेत्रमा काम गदै आएकी रेणु दाहाललाई आज बिहानै बाट चितवन लगायत देश विदेशमा रहेका बुद्धिजिवि र शुभचिन्तकहरुले शुभकामना दिएका छन् भने, सामाजिक संजाल उनका श्रीमान अर्जुन पाठकले पहिलो शुभकामना दिएका हुन् । अहिले सामाजिक संजाल शुभकामनाले रंगीएको छ ।





















