काठमाडौँ / संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
“सम्भवत: उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै भनेको छ ।
यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।





















