काठमाडौं / भोजपुर अरुण गाउँपालिका वडा न. ६ मा दलित महिला माथि नेपाली काँग्रेसका पूर्व वडा सभापति सोमकुमार राईले आफ्नै छिमेकी महिलालाई निर्घात कुटपिट गरेका छन् ।
आफ्नो कस्मेटिक पसलमा एक्लै भएको बेला साबित्रा बराइलीलाई कुटपिट गरेको उनका श्रीमान् टक बराइलीले बताए । पसलमा कोही नभएको मौका पारी दुर्व्यवहार गर्दै मुक्काले आँखामा र शरीरमा हान्दै गर्दा छिमेकीले देखे पछि राई हच्किएका थिए । कुटपिट पछि राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
पीडित बराइलीलाई स्थानीय क्लिनिकमा उपचार सम्भव नभए पछि उपचारको लागि एम्बुलेन्समा धरानको विजयपुर अस्पतालमा आकस्मिक कक्षमा उपचार गराइएको जानकारी दिए।
धेरै पटक जातीय विभेद र गालीगलौज गर्दै आइरहेका थिए ।सोमकुमारले धेरै पटक दलित भन्दै दुर्व्यवहार गरेपनी हामी सहेर आएका थियौँ । घटना घटेको दिन पनि सोम कुमारले बारबार मलाई फोन गर्दै कहाँ हो तिमी भनी लोकेसन सोधिरहेका थिए । जब म मेरो श्रीमती सँग छैन भन्ने उनलाई थाहा भयो पसलमै गएर मेरो श्रीमती माथि कुटपिट गरे ।
उनले यो ज्यान नै लिने उद्देश्यले आ’क्रमण गरेका हुन् । कुटपिट मात्र होइन मेरो श्रीमती माथि यौन दु’र्व्यवहार भएको छ । शरीरको सबेदनशिल अङ्गमा समेत हातपात गरी पुरै निल डाम भएको टङ्क बराइलिको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर शिशिर थापाले भने हामीकहाँ अभद्र व्यवहारको जाहेरी आएको छ सोही जाहेरी अनुसार अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान भएको छ । अहिले ७ दिनको म्याद थप भएको छ ।
दिनदाहाडै महिला माथि भएको यस्तो जघन्य अपराध र हिंसालाई समेत गाउँकै वडा अध्यक्ष र मेयरले यो सामान्य घटना हो । गाउ घरको सानातिना यस्ता घटनालाई बाहिर ल्याउन हुँदैन गाउँमै मिल्नु पर्छ भन्दै मिलापत्र गर्न दबाब दिएको पीडितका श्रीमान् बत्ताउँछन् ।
उनले भने आफू कसैको पैसा, लालचमा नबिक्ने र आफ्नो परिवार माथि यस्तो अपराध गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।
घटना राजनीतिकरण भएको र पीडकलाई उम्काउने तिर लागेको हुँदा सम्पूर्ण न्याय प्रेमी नागरिक र दिदिबहिनीहरुलाइ न्यायको पक्षमा उभिन अपिल गरेका छन् ।
- दैनिक न्यूज नेपाल बाट






















