मनोज कुमार भुजेल
चितवन / चितवन स्वरोजगार संघ आठौ वर्षमा प्रवेश गरेको छ । २०७० साल असोज १५ गते स्थापना भएको संघको आठौ वार्षिकउत्सव शुक्रबार भरतपुर ११ मा रहेको आफ्नै भवनमा मनाईएको हो ।
वार्षिक उत्सवको अवसरमा स्वरोजगार संघका संस्थापन ७ सदस्यलाई सम्मान गरिएको छ । संस्थपन अध्यक्ष नेत्र बहादुर नेपाली , संस्थापन उपाध्यक्ष एवं निवर्तमान उपाध्यक्ष शुक्रबहादुर मिजार , सचिव निर्मल राज न्यौपाले , कोषाध्यक्ष विर बहादुर मिजार र सदस्यहरु राम बहादुर मगर , सुग्रिम महतो गौतम बहादुर नेपालीलाई संघले सम्मान गरेको हो ।
कार्यक्रममा संघका वर्तमान अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्ण बहादुर पौडेलले चितवन स्वरोजगर संघले मजदुरहरुलाई दिने सुविधा बढाउदै लगेको बताउनुभयो । कुनै श्रमिक काम गर्दा गर्दै घाईते भएमा उपचार खर्च १ लाख दिदै आएकोमा अब डेढ लाख दिने बताउनुभयो । त्यसैगरी मृत्यु भएमा श्रमिकको परिवारलाई ३ लाख रकम दिदै आएकोमा अबबाट ५ लाख दिने बताउनुभयो ।
Bijaya CementBaidik Inner कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका वर्तमान सचिव गौतम बहादुर नेपालीले चितवन स्वरोजगार संघ सधै मजदुरहरुको हकहितको लागि लडिरहने बताउनुभयो । साथै उहाँले संघले सामाजिक कार्यहरुमा पनि हातेमालो बढाउदै लैजाने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक शुक्रबहादुर मिजारले श्रमिकहरुलाई तालिमको आवश्यकता परेको वताउनुभएको छ । उहाँले भवन निर्माण चितवन जिल्ला समन्वय समितिसँग भरतपुर र पर्साढापका २०–२० जना श्रमिकलाई तालिमको माग गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भवन निर्माण चितवन जिल्ला समन्वय समितिका अध्यक्ष उत्तम घिमिरेले जिल्लामा रहेका ६ वटा निर्माण व्यवसायी संघहरुसँग छलफल गरी श्रमिक मैत्री कार्यक्रम र तालिमहरु सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथि चितवन निर्माण सेवा संघका महासचिव सन्जय भुजेलले सबै निर्माण संघ एकजुट भएर काम गरे मात्र श्रमीकहरुको हक अधिकार सुरक्षित हुने बताउनुभयो । साथै उहाँले निर्माण क्षेत्रलाई स्थानिय सरकारले पनि सहयोग गर्नु पर्ने बताउनुभयो ।
आजको कार्यक्रममा उपस्थित अतिथिहरु र श्रमिकहरु वीच विजया दशमी शुभ दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान समेत भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार मुकुन्द भुषालले गर्नुभएको थियो ।





















