चितवन / देश कोराना भाईरस (कोभिड १९) का कारण बन्दाबन्दीमा छ । सबै क्षेत्र जस्तै शैक्षिक क्षेत्र समेत प्रभावित भएको छ । लाखौँ बालबालिकाहरूको पढाईमा प्रत्यक्ष असर पारेको छ । अभिभावक, शिक्षक, विद्यालय प्रशासन, विद्यार्थी तथा समग्र शैक्षिक क्षेत्र यसको प्रभावबाट चिन्तित बनेका छन् । यस बीचमा सरकारले विभिन्न सञ्चार तथा इलोक्ट्रोनिक माध्यमबाट शैक्षिक गतिविधी सञ्चालन गर्न भनिरहेको छ ।
यसैक्रममा भरतपुर १२ मा रहेको हिलर्बड आवासीय माध्यमिक विद्यालयद्धारा आफ्ना विद्यार्थीहरूलाई नियमित रुपमा अनलाईन कक्षाका माध्यमबाट पठनपाठन गराइएको स्कुलका प्राचार्य लेखनाथ खनालले बताउनुभयो । मेट्रो प्याव्सन भरतपु्र, चितवनको अध्यक्ष समेत रहनुभएका खनालले अब अनलाईन मार्फत शैक्षिक गतिविधी गर्नु बाहेक अरु विकल्प नरहेको बताउनु हुन्छ । विद्यालयले विशेष परिस्थितिमा पूर्व प्राथमिक तहलाई आफ्नै फेसबुक पेजमा, प्रत्यक्ष शिक्षक र अभिभावकको निगरानिमा पठनपाठन अगाडि बढाएको छ । कक्षा १ देखि कक्षा १० सम्म विभिन्न कोर विषयहरूको जुम (zoom) मार्फत कक्षा सञ्चालन गरिएको कु्रा बताउनु भयो ।

विद्यालयले प्रत्येक दिन ४० मिनेटको एक पिरियड हुने गरी रुटिङ्ग आफ्नो Facebook page ‘Hill Bird School’ मा प्रकाशित गराएर अभिभावकलाई जानकारी गराइएको कुरा सहायक प्राचार्य चेतप्रसाद सेढाईले जानकारी दिनुभयो । जुम (zoom) मार्फत अनलाईन कक्षा सञ्चालन गर्दा नयाँ अनुभव भएको साथै मेट्रो प्याव्सन भरतपु्र, चितवनद्धारा अभियान टि.भि. बाट हरेक दिन बिहान ७ः३० देखि १०ः३० सम्म प्रत्यक्ष प्रसारण मार्फत कक्षा ८ देखि कक्षा १० सम्म गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका पढाई सञ्चालन भैं रहेकाले प्रत्यक्ष रुपमा विद्यार्थीले फाइदा लिइरहेका र विद्यार्थीहरूले आफ्नो अनुकुलतामा Youtube मा समेत हेर्न पाउने कुरा सेढाईले बताउनु भयो । यदि लामो समयसम्म यस्तै अवस्था रही रहने हो भने अब पूर्ण रुपमा अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने र परीक्षा समेत लिएर नतिजा प्रकासन गर्ने योजना रहेको कुरा सेढाईले बताउनु भयो ।





















