चितवन / नेकपा एकीकृत समाजबादीले भरतपुर १० मा आफ्नो कमिटी बिस्तार गरेको छ ।
सनिवार बसेको वडा भेलाले बासुदेव घिमिरेको अध्यक्षतामा २६ सदस्य कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा प्रतिमा ढकाल र तेजराज अधिकारी रहेका छन् । उक्त भेलाले सचिबमा बिष्णुप्रसाद लामिछाने, महेश सुबेदी र अनन्त राज चापागाईलाई चयन गरेको छ।
अन्य सदस्यहरुमा हरिप्रसाद न्यौपाने, कृष्णबहादुर कार्की, टेक कान्त पन्डित, पार्बती सिग्देल, सीता रेग्मी, लक्ष्मी आचार्य, मित्रलाल सुबेदी ,भरत ध्वज थापा, सिता पौडेल सुबेदी, नरिमाया तामाङ , गंगा भण्डारी, माधब प्रसाद भुषाल, मेनुका देवी पन्त, सिता नेपाली , अर्जुन केसी, बिष्णु कार्की ,भगवती सापकोटा, कमला ठकुरी र पार्बती पौडेल रहेका छन् ।
नेकपा एसका केन्द्रिय सदस्य सुर्यप्रसाद शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य हरिप्रसाद अधिकारीले गरेका थिए भने साकार लामा, बिश्व राज महतो र नरेन्द्र कन्दंवाले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेकपा एसका जिल्ला उपाध्यक्ष कृष्ण राज न्यौपाने लब्लिको अध्यक्षतामा भएको थियो ।





















