काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी टुंग्याएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले सदस्यीय पदाधिकारी टुंग्याएको हो ।
वरिष्ठ नेता झलनाथ खनाल भएका छन् । समाजवादीको ७ उपाध्यक्ष रहनेछन् । राजेन्द्र श्रेष्ठ, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । त्यस्तै महासचिव बेदुराम भुसाल भएका छन् ।
प्रकाश ज्वाला, गंगलाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् भने नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव भएका छन् ।
समाजवादीको ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।





















