चितवन / नेपाली काँग्रेसको १४ औं महाधिबेशनको प्रकृया निरन्तर अघि बढिरहेको छ । काँग्रेस चितवनका वडा तहका सबै निवार्चन सम्पन्न भइसकेका छन् ।
अब, नगर क्षेत्र र वडाको अधिवेशन क्रममा चितवनका काँग्रेसको दौडधुप सम्झनालायक बनेको छ । मुलुक संघीयतामा गइसकेपछि पहिलो पटक कांग्रेसको महाधिवेशन हुन गइरहेको छ । जसअन्तर्गत ३ प्रतिनिधिसभा निर्वाचन समेटिएको चितवनमा सोही निवार्चन क्षेत्रका क र ख प्रदेशमा यसपटक प्रदेश निर्वाचन हुन लागेको छ ।
यस निवार्चन क्षेत्रमा काँग्रेसका विभिन्न नेता तथा कार्यकता मैदानमा देखिन्छन् । क्षेत्र ३ को (क) प्रदेशमा यसपटक उम्मेदवारका आकांक्षीहरुलाई महत्वका साथ हेरिएको छ । प्रदेश क कांग्रेसजनहरुको पकड निर्वाचन क्षेत्र पनि हो ।
प्रदेश (क) को सभापतिमा सूर्यहरि मरहट्टा , शालिकराम पौडेल र कमलनाथ पौडेलको त्रिपक्षीय भिडन्त हुने भएको छ । चितवनका काग्रेसका युवा नेता सुर्यहरि मरहट्टा को प्रदेश सभापति को उम्मेदवारी घोषणा ले धेरैलाई झस्काएको छ ।
उम्मेदवारको आंकाक्षी मरहट्टा यसै क्षेत्रका समाजसेवी , नेविसंघका पूर्व अध्यक्ष र नेविसंघका पूर्व उपाध्यक्षमा रहेर काम गरिसकेकाले आफूले चुनाव जित्ने पक्का भएको बताउँछन् ।
उता शालिकराम पौडेल काग्रेस भरतपुर महानगरपालिकाका सभापति हुन् त्यसैले उनी पनि आफूले चुनाव जित्ने दावी गर्छन् । त्यस्तै कमलनाथ पौडेल पनि आफू बलियो उम्मेदवार बताउँदै आएका छन् । तरुण दल लगायतमा काम गरेका खेमनारायण सापकोटाले पनि प्रदेश (क) को सभापतिमा आफू उम्मेदवार हुने बताएका छन् ।
तर पनि असोज १२ गते गरिने भनेको प्रदेश निर्वाचनमा मरहट्टाले जित्ने कांग्रेसजनहरु बताउँछन् । विद्यार्थी राजनीतिदेखि नै कांग्रेस राजनीतिमा होमिएका मरहट्टा सम्पूर्ण समय पाटीलाई दिने तर्कशील युवा नेताको रुपमा परिचित हुँदैछन् ।
हरेक राजनीति परिवेशमा उनले सामाजिक सञ्जाल लगायत सञ्चार माध्यममा विचार राख्ने गरेकाले धेरै काँग्रेसीको मन जितेको बताइन्छ । त्यसो त पछिल्लो समयमा महिला अधिकारका क्षेत्रमा पनि उनी अग्रसर छ्न् ।
जसले गर्दा आम महिला मतदाताको बीच पनि उनी रोजाई बन्न सक्ने देखिन्छ । चितवन कांग्रेसमा विभिन्न धार ,गुट उपगुट देखिन्छ । यी धारहरु मध्ये आफू बलियो धारबाट उम्मेदवार रहेको महरट्टा बताउँछन् ।
आफूले जितेपछि यस्ता धारहरूको सहजिकरणमा निरन्तर लाग्ने मरहट्टाले बताएकाले जित हुनेमा सबैले विश्वास गरेका छन् ।





















