गोरखा / कोरोना संक्रमण जोखिमका कारण बन्द रहेको गोरखाको प्रसिद्ध मनकामना मन्दिर वुधवार देखि खुला गरेको छ । कोरोना महामारीको दोस्रो लहरका क्रममा गत बैशाख १६ गतेबाट बन्द रहेको मन्दिर स्थानीय प्रशासनले अनुमति दिए संगै खुलेको हो ।
मन्दिर खुलेको पहिलो दिन र दोस्रो दिन विगतका तुलनामा भक्तजनको उपस्थिति निकै कम देखिन्थ्यो । भक्तजनहरु लाई स्वास्थ्य मापदण्डको पालना गर्ने शर्तमा पुजारी भित्र र भक्तजन ढोका बाहिर बाट पुजा गर्ने व्यवस्था मिलाएको छ ।
भक्तजन लाई भौत्तिक दुरी कायम, सेनीटाइजर र मास्कको व्यवस्था मनकामना क्षेत्र विकास समितिले गरेको छ । मन्दिर खुले संगै मनकामना बजार तथा होटलहरु पनि खुलेका छन । कोरोनाको पहिलो लहरमा २०७७ चैत ९ बाट ९ महिना सम्म पनि मनकामना मन्दिर बन्द भएको थियो ।
फाईल फोटो





















