गोरखा/ गोरखामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । शनिवार पालुङटार नगरपालिकाका ३ र शहिदलखन गाउँपालिकाका एक गरी चार जनामा कोरोना संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पालुङटार नगरपालिका ७ को जिवन ज्योती माविको क्वारेन्टिनमा रहेका २० र ४६ वर्ष महिला र २३ वर्षको पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शहिद लखन गाउँपालिका ९ मा ३५ वर्षका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । शनिवार मृत्यु भएका सहित संक्रमितको संख्या ९३ पुगेको हो । ति मध्ये ३० जना निको भएर घर फर्किएका छन् भने ६२ जना आइसोलेसनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए ।
सबैभन्दा धेरै संक्रमित भिमसेन थापा गाउँपालिकामा ३५ जना, गण्डकी गाउँपालिकामा १५, पालुङटार नगरपालिकामा १४, शहिदलखन गाउँपालिामा १२ जना भेटिएका छन् । यस्तै गोरखा नगरपालिकामा नौ जना, बारपाक सुलिकोट पाँच जना, सिरानचोकमा दुई जना र अजिरकोटमा एक जनालाई संक्रमण पुष्टि भएको छ ।





















