काठमाडौं / भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । आइतबार दशरथ रंगशालामा भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत २–१ ले विजयी रहेको हो ।
खेलको ६२ औँ मिनेटमा भारतका लागि फरुक चौधरीले पहिलो गोल गरेका थिए भने सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारेका थिए ।
८६ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि नेपालले कुनै गोल फर्काउन सकेन ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा त्यसलाई दोहोर्याउन सकेन ।





















