काठमाडौँ / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग १-१ को बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा बराबरीमा रोकिएको हो ।
दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।
नेपाल र भारतबीचको अर्को खेल आइतबार हुनेछ ।





















