चितवन / कुखुराको सुलीबाट बिजुली निस्किन्छ भन्दा जो–कोहीलाई बिश्वास नलाग्न सक्छ । तर, चितवनको खैरहनी नगरपालिका–१, ज्यामिरेमा रहेको अन्नपुर्ण पोल्ट्री बिल्डर्स फार्म प्रा.ली.ले भने नेपालमै पहिलो पटक कुखुराको सुलीबाट ६२ केभीए बिजुली निकाली रहेको छ ।
जसबाट उक्त पोल्ट्री फार्मले आफ्नै २ लाख १५ हजार कुखुरा रहेको फार्मलाई रु १ लाख बराबरको बिजुली निकालेर प्रयोग गरिरहेको छ । सो पोल्ट्री फार्मका सञ्चालक अर्जुन अर्यालका अनुसार उर्जा बिकास केन्द्रको सहयोगमा तयार पारिएको प्रपोजल पेस गरि रु ५४ लाख विश्व बैंकको अनुदानमा र बाँकी आफ्नै गरि जम्मा करिब १ करोड ६५ लाखको लगानीमा ५०० घनमिटरको डोम बनाई त्यसबाट मिथेन ग्यासलाई निकालेर बेलुनमा भरि कन्भर्टरबाट जेनेरेटरमा पठाई ६२ केभीए बराबरको बिजुली उत्पादन भइरहेको हो ।





















