काठमाडौं/ पूर्वखानेपानी मन्त्री बिना मगरले सुदूरपश्चिममा केही दिन देखिको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुबानमा परेकाहरूको उद्धार तथा राहतको व्यवस्था मिलाउन आग्रह गरेकी छन्।
शुक्रबार एक विज्ञप्ति जारी गरेर मगरले उद्धार तथा राहतको कार्य प्रभावकारी बनाउन आग्रह गरिकी हुन्।
केही दिन देखिको अविरल वर्षाको कारण सुदूरपश्चिम प्रदेशका तपाईँका जिल्ला कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
कञ्चनपुरको दोदा नदीको बहाव उच्च हुँदा आसपासको तटीय क्षेत्र बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका केही वडाहरू डुबानमा परेका छन्। हरेक वर्ष जस्तो यी क्षेत्रहरू बर्षायाममा डुबानमा पर्ने गरेका छन्।
डुबानमा परेकाहरूको उद्धार तथा राहतका कार्यहरू प्रभावकारी बनाउन पूर्वमन्त्री मगरले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग आग्रह गरेकी छन्।
उनले विषम परिस्थितिमा रात तथा उद्धारका कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएकी छन्। साथै नदी तटीय क्षेत्रमा रहेका बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध पनि गरेकी छन्।






















