मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ ।महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला । सोखले बढी खर्च गराउनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
साझेदारीमा देखिएको वादविवाद सम्झौतामा टुंगिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
पशुधन र जमिनबाट लाभ हुनेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले प्रशंसा र अनुकरण गर्न थाल्नेछन् ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
कार्यक्षेत्रमा केही वादविवाद हुन सक्छ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । दिन केही खर्चिलो रहनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो )
गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । मिहिनेतले नाम र दाम दिलाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर पनि प्राप्त हुनेछ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
व्यापारमा फाइदा हुनेछ । चल अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।





















