काठमाडौँ / पुनर्वहालीको माग गर्दै नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
सोमबार शाक्यले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, प्राधिकरण र कुलमान घिसिङलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
प्राधिकरणको कार्यकारी निर्देशकको पद राजनीतिक नियुक्तिको पद नभई यसको पदपूर्ति र बर्खास्ती राजनीतिक पदमा जस्तो राजनीतिक निर्णयका आधारमा हुन नसक्ने जिकिर गर्दैघिसिङको नियुक्ति बदर गर्न माग गरेका छन् ।
सरकारले गत साउन २७ गते जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रुपमा शाक्यलाई नियुक्त गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।





















