एजेन्सी / अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन्।
तिव्र गतिमा तालिबान लडाकुले देशका प्रमुख सहर कब्जा गरी आइतबार राजधानी काबुल प्रवेश गरेपछि शान्तिपूर्ण तबरले सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।
अन्तरिम सरकार गनठनका लागि वार्ता गर्न तालिबानहरू आइतबार राष्ट्रपति कार्यालय गएका थिए।
संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको तयारी भइरहेको कार्यवाहक गृहमन्त्रीले बताएका बिबिसिले जनाएको छ ।
शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न सरकार तयार भएपछि अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने तालिबानका एक प्रवक्ताले बताएका छन् ।
तालिबानले आफ्ना लडाकूहरुलाई हिंसाबाट बच्न र जो कोहि पनी बाहिर जान चाहान्छन् उनीहरुलाई सुरक्षित बाटोको अनुमति दिन आदेश दिएका छन् ।
अफगानिस्तानका जनतालाई, विशेष गरी काबुल शहरमा, उनीहरुको सम्पत्ति, उनीहरुको जीवन सुरक्षित रहनेमा आश्वस्त रहन भनेका छन् ।





















