चितवन / नेकपा माओवादी केन्द्रको भातृ सङगठन वाईसियल भरतपुर १२ को अध्यक्षमा विसिप सिंह चयन भएका छन । शनिवार भएको वाईसियल वडा भेलाले सिंहको अध्यक्षतामा ३० सदस्यीय समिति निर्माण गरेको हो ।
भेलाबाट अनिल घिमिरे सचिमा चयन भएका छन । पाटीका प्रदेश सदस्य वद्री तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कमिटि विस्तार भएको हो । भेलामा नेताहरु ईश्वर सापकोटा सुमन , राम चन्द्र अधिकारी लगायत अनेरास्ववियु र वाईसियलका केन्द्रीय तथा जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।






















