काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो ।
विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।





















