चितवन / नेपालीहरुको सामाजिक संस्था एनआरएन ओमन द्वारा चितवनको माडी देबेन्द्रपुरका ७ बर्षका बालक युनिक ढकालको उपचारका लागि आज सहयोग हस्तान्तरण गरेको छ ।
नेपालको चितवनमा घर भै हाल ओमनमा रोजगारीका सिलसिलामा रहनु भएका गौतम सापकोटा र झलक ढकालको अगुवाईमा संकलन भएको रकम युनिक ढकाल बचाउ अभियान मार्फत हस्तान्तरण गरिएको हो ।
एनआरएन ओमनका प्रतिनिधि भरत अधिकारीले अभियानका अगुवा तथा सामाजिक अभियन्ता अर्जुन भुसाल मार्फत ७७ हजार ५ रुपैयाँ युनिक ढकालको नाउमा रहेको बैक खातामा रकम जम्मा गरि बैक भौचर हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा अभियानका अगुवाहरु देबिका कुवर , लक्ष्मण गौतम , पवना ढकाल , नवराज गौतम , बिमल केसि , पबित्रा खनाल ,शुशिला अधिकारी , यमकुमारी पन्त , दुर्गा देबि लामिछाने लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अभियन्ता भुसालले बिदेशी भुमिमा रहेर नेपालको सुख दुखमा साथ दिने आम नेपालीको संस्था एनआरएन ओमन र त्यहा स्थित नेपाली दाजुभाइहरु लाई धन्यबाद दिनु भएको थियो । त्यस्तै एनआरएन ओमनका प्रतिनिधि अधिकारीले बिरामी बालकको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएकोमा आफुहरु कृतज्ञ भएको बताउनु भयो ।
सोही कार्यक्रममा अभियानका अगुवा लक्ष्मण गौतमले गत जेठ २४ गते देखि सुरु गरिएको अभियानमा हाल सम्म गरिएका काम र उपचार प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो । अभियानमा हाल सम्म करिब १८ लाख रुपैया जम्मा भएको र अबको केही दिनमै बिरामी बालकको उपचार प्रक्रिया सुरु गरिने जनाइएको थियो ।





















