काठमाडौँ / दोस्रो टी-ट्वान्टी क्रिकेटमा पनि बंगलादेश विजयी भएको छ । ढाकामा बुधबार राति भएको दोस्रो टी–ट्वान्टीमा अष्ट्रेलियासँग बंगलादेश ५ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि मिचेल मार्शले सर्वाधिक ४५ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।
१२२ रनको झिनो लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर ८ बल बाँकी छदै भेट्टायो । उसका लागि अफिफ हुसेनले सर्वाधिक नटआउट ३७ रनको योगदान दिए । जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा बंगलादेशले २–० को अग्रता लिएको छ ।





















