चितवन / एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिको आव्हानमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले एमसीसी खारेज गर, नो एमसीसी, एमसीसी इज अ क्यान्सर, एमसीसी गेट आउट लेखिएका प्ले कार्ड सहित सहभागी भएका थिए ।
केन्द्रीय बस ट्रमिनल, चौविसकोठी, लायन्स चोकसम्मको र्यालीमा सामना र रक्तिम सांस्कृतिक परिवारले एमसीसी खारेजीको मागसहित सांगितिक कार्यक्रम प्रस्तुत गरे ।
कोणसभा बोल्दै वामवुद्दीजीवी प्रेम रिमालले एमसीसी संसदमै प्रवेश गराउन नहुने बताए । ‘यो परियोजना सिनो जस्तो हो, संसदको भान्सामा लानु आवश्यक छैन’, उनले भने, ‘यदी एमसीसी पास भएमा नेताहरूलाई गाउँगाउँबाट लखेट्नुपर्छ ।
संघर्ष समितिका सचिव अजिव पौडेलले एमसीसी खारेजी अभियानमा १० राजनीतिक दलको समेत समर्थन रहेको बताए ।
मोहन वैद्य नेतृत्वको माओवादी केन्द्र चितवनका सेक्रेटरी अशोक शर्माले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए ।





















