काठमाडौं / नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले आत्मालोचना सहति अध्यक्ष केपी शर्मा ओलीले पद छाडेपछि मात्र पार्टी एकता हुनसक्ने बताएकी छन् ।
अखिल फोर्सको बृहत भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने जिकिर गरिन ।
उनले आफुहरु पार्टी एकता विरोधी नभएको जिकिर गर्दै पुृुस ५ र जेठ ७ गते प्रतिगमन कसले गर्यो ? कम्युनिष्ट पार्टी कसले विसर्जन गर्यो ? त्यसबारेमा समिक्षा हुनु पर्दैन भन्दै उनले प्रश्न गरीन ।
‘प्रतिगामीसंग कुममा कुम जोड्दैमा पार्टी एकता हुन सक्दैन,’ नेतृ झाँक्रीले भनिन्, ‘पुस पाँच देखि यताका सबै क्रियाकलापप्रति अध्यक्षले आत्मा आलोचना सहित माफि माग्नु पर्छ । त्यसलेमात्र पार्टी एकतालाई सार्थक बनाउँछ । गलत निर्णयको साक्षिकिनारा बसेर पार्टी एकता हुन सक्दैन ।’
एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।
पार्टी अध्यक्ष ओली प्रधानमन्त्रीबाट हटेलगत्तै युर्थ फोर्स ब्यूँताएपछि माधव पक्षले त्यसको इन्काउन्टरमा अखिल फोर्स गठन गरेको हो ।





















