चितवन / भरतपुर ११ मा मुख्य कार्यालय रहि कम्पनी दर्ता सम्वन्धी काम गर्दै आएका ग्राफिक मार्ग प्रा.ली.ले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि फेष्टिवल अफर ल्याएको छ ।
२०७५ साल फागुन २७ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको ग्राफिक मार्ग प्रा.लि. ले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि अफरको बारेमा जानकारी गराएको हो ।
नेपालका जुनसुकै ठाउँका कम्पनीहरु नयाँ दर्ता, नविकरण, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी, ठाउँसारी देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्दै आएको जानकारी गराउँदै प्रा.ली.का प्रवन्ध निर्देशक जनक खड्काले चाडपर्वहरुलाई मध्यनजर गर्दै यहि साउन ९ गते देखि कार्तिक ९ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्रि फेस्टीवल अफर सञ्चालन गरेको जानकारी गराउनु भयो ।
फेस्टिवल अफर अन्तर्गत अब २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क रु.७९९९।– मात्र लाग्ने र यो अबधि भित्र दर्ता भएका कम्पनीहरु मध्येबाट गोलाप्रथाद्वारा प्रथम, द्वितीय र तृतीय गरि ३ प्रकारका उपहार प्रदान गरिने जानकारी दिँदै उहाले प्रथम उपहार अन्तरगत कम्पनी दर्ता गर्दा लागेको सेवाशुल्क रकम फिर्ता गरिने, दोस्रो उपहार ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गरिने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क हुने र तेस्रो उपहार आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताउनु भयो । यो उपहार योजनाको गोलाप्रथा २०७८ कार्तिक १२ गते सार्वजनिक कार्यक्रम गरि खोलिने उहाको भनाई थियो ।
यसैगरी, ग्राफिक मार्ग प्रा.लि.लाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) प्रदान गरेको सो अवसरमा जानकारी गराईएको थियो ।
ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा ११ जाना युवाहरु मिलेर ग्राफिक अफसेट प्रेस नामक छापाखाना समेत सञ्चालन गरिएको उक्त कार्यक्रममा जानकारी गराईएको थियो । प्रा.ली.का सहायक व्यवस्थापक लक्ष्मि पोखरेल पौडेलले संचालन गर्नु भएको कार्यक्रममा संचालक सदस्य इन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रेस विज्ञप्ती
सम्पूर्ण आदरणिय पत्रकार मित्रहरुमा नमस्कार ।
गत मिति २०७५ साल फागुन २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि. नं. २१०४१९ मा दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको यस ग्राफिक मार्ग प्रा.लि. ले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु नयाँ दर्ता, नविकरण, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी, ठाउँसारी देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्दै आएको कुरा यहाँहरु समक्ष जानकारी गराउँदछु ।
लामो समयको अन्तराल पछि भरतपुर–११ वाईपास रोड स्थित यस ग्राफिक मार्ग प्रा।लि।लाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि यहि मिति २०७८ अषाढ १४ गते आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) प्रदान गरेको छ ।
कम्पनी दर्ता भएर औपचारिक काम सुरुवात भए देखि २०७८ अषाढ मसान्त सम्म २४८ वटा नयाँ कम्पनी दर्ता र १६३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी कामहरु गरिसकेको ग्राफिक मार्ग प्रा.लि. ले आगामी आ.व. मा झण्डै २४० वटा नयाँ कम्पनी दर्ता, २७५ वटा पुराना कम्पनीहरुको काम गरि सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
प्रबन्ध पत्रमा भएको उद्देश्यको आधारमा कम्पनी सम्बन्धी कामहरु गर्दै गर्दा पनि धेरै कम्पनी सञ्चालकहरुले विश्वास गरेर यति धेरै कम्पनीहरुलाई सेवा गर्ने अवसर मिलेकोमा अब झन कम्पनी रजिष्ट्रारको कार्यालयले सेवा केन्द्र सञ्चालनको लागि अनुमति प्रदान गरेपछि सेवाग्राहिहरुलाई छिटो छरितो र शुलभ सेवा शुल्कमा काम गर्नुपर्ने दयित्व तथा जिम्मेवारी थप भएको महसुस गरेका छौं ।
सोहि अनुसार यस ग्राफिक मार्ग प्रा.लि. ले आउँदै गरेको चाडपर्वहरुलाई मध्यनजर गर्दै यहि साउन ९ गते देखि कार्तिक ९ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्रि फेस्टीवल अफर सञ्चालन गरेको कुरा समेत यहाँहरुलाई अवगत गराउन चाहन्छु । यस फेस्टिवल अफर अन्तर्गत अब २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क रु।७९९९।– मात्र लाग्ने र यो अबधि भित्र दर्ता भएका कम्पनीहरु मध्येबाट गोलाप्रथाद्वारा प्रथम, द्वितीय र तृतीय गरि ३ प्रकारका उपहार प्रदान गरिने योजना समेत रहेको जानकारी गराउँदछु ।
जसमा प्रथम उपहार – कम्पनी दर्ता गर्दा लागेको सेवाशुल्क रकम फिर्ता गरिने ।
दोस्रो उपहार – ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गरिने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क हुने ।
र तेस्रो उपहार – आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने ।
यो उपहार योजनाको गोला प्रथा २०७८ कार्तिक १२ गते सार्वजनिक कार्यक्रम गरि खोलिने सम्पूर्ण प्रत्रकार महोदयहरुमा जानकारी गराउँदछु ।
कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौबाट हुने कम्पनी सम्बन्धी सम्पुर्ण कामहरु गर्नुको साथै, आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धि काममा कम्पनी सञ्चालहरुलाई सहजिकरण गरिदिने र लेखा सम्बन्धी सम्पूर्ण कामहरु समेत गर्दै आएको यस ग्राफिक मार्ग प्रा।लि।ले विभिन्न किसिमका आकर्षक डिजाईन, सादा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पुर्ण कामहरु गर्दै आएकोमा आज मिती २०७८ साउन ११ गते देखि ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा ११ जाना युवाहरु मिलेर ग्राफिक अफसेट प्रेस नामक छापाखाना समेत सञ्चालन गरिएको छ ।
चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको यस ग्राफिक मार्ग प्रा.लि.ले दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर र तनहुँको दमौलीमा समेत गरी ५ वटा सम्पर्क कार्यालयहरु सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएकोमा अब केहि समय पछि बुटवल र नेपालगञ्जमा समेत सम्पर्क कार्यालय स्थापना गरि सम्बन्धीत क्षेत्रका कम्पनी सञ्चालकहरुलाई सेवा दिने योजना समेत बनाएको छ ।
नेपालका जुनसकै क्षेत्रको कम्पनी दर्ता देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि कम्पनि रजिष्ट्रारको कार्यालयले आधिकारिक सेवा केन्द्र प्रदान गरेको यस ग्राफिक मार्ग प्रा।लि। मार्फत सम्पूर्ण कम्पनी सञ्चालहरुलाई एक पटक सेवा लिनको लागि आह्वान गर्दछौं ।
अन्तमा आफ्नो महत्वपूर्ण समय दिएर हाम्रो निमन्त्रणलाई स्विकार गरि यस कम्पनीले सुरुवात गरेको फेस्टिवल अफरको बारेमा आम जनसमुदाय माझ जानकारी गराईदिनको लागि अहम भुमिका खेल्नुहुने प्रत्रकारमित्रहरुलाई धेरै धेरै धन्यवाद दिदै विदा हुन्छु । नमस्कार । जय देश ।
जनक खड्का
प्रबन्ध निर्देशक
ग्राफिक मार्ग प्रा.लि.
भरतपुर–११, चितवन
मिति -२०७८/०४/ ११ गते





















