मन मुटु कलेजो लाई एउटा सानो पाप गर्नु छ
बिगत सम्झना तस्बिर एकएक सखाप गर्नु छ।
सम्झिन्न अतीत र खसाल्दिन बाचुन्जेल आँसु,,
लेखेर कागजमा दायाँबायाँ औठाछाप गर्नु छ।
त्यो समय र तिमीले मेरो जिब्रो थुतिदिए पछि,,
अब बाकी जिन्दगीका निर्णय चुपचाप गर्नु छ।
डाक्टर साहब चिरफार गरिदिनुस् मेरो मुटुको,,
कसैको हातैमा थमाई दिएर पश्चाताप गर्नु छ।
निष्ठुरी मलामी बनेर आर्यघाटमा आइदिनु है,,
चिताको माथी सुतेर अन्तिम बार्तालाप गर्नु छ।





















