काठमाडौं / सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले गरे दायर गरेको मुद्दाको पेशी साउन ७ गतेलाई सारेको छ ।
मंगलबार निवेदकका तर्फबाट अधिवक्ताद्धय सरद कोइराला र विजय मिश्र तथा निवेदक सिटिजन्स बैंकका कर्मचारी, अधिवक्ता केदार अधिकारी साथै बरिष्ठ अधिवक्ता वियजकान्त मैनाली, हरिहर दाहालले बहस गरे । त्यसै गरी, प्रतिवादीका तर्फबाट एकजना सरकारी वकिलले मात्र बहस गरेका छन् ।
गत असार २८ गतेदेखि उक्त मुद्दामा बहस भइरहेको छ । सामाजिक सुरक्षा कोषले जवरजस्ती गरेपछि त्यसमा गंभीर असहमति जनाउँदै वित्तीय क्षेत्रका कर्मचारीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यस यता लगातार ब्याक अफ सामाजिक सुरक्षा कोष भन्दै सडक आन्दोलन समेत गर्दै आएका छन् ।





















