काठमाडौं / सरकारले ओली नेतृत्वको सरकारको पालामा नियुक्त सिफारिस भएका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए।
संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको हो । ओली नेतृत्वको सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
ओली नेतृत्वको सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
सुम्निमा तुलाधर, अष्ट्रेलिया
निर्मलराज काफ्ले, अस्ट्रिया
जीवनप्रकाश श्रेष्ठ, इजिप्ट
रमेशचन्द्र पौडेल, श्रीलंका
नारायणप्रसाद संग्रौला, ब्राजिल
कृष्णचन्द्र शर्मा, दक्षिण कोरिया
जंगबहादुर चौहान, रूस
सुमित्रा सुवेदी, डेनमार्क
नारायणप्रसाद संग्रौला, म्यानमार
मेराज मुसलमान, साउदी अरेबिया
यूवराज कार्की, बहराइन





















