काठमाडौं / युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो।
कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो।
संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए।
आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ।
योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ।
आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन्।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।
कम्पनीको सेयर बाँडफाँटको नतिजा प्रभु क्यापिटलकाे वेवसाइट https://results.prabhucapital.com सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट https://iporesult.unionlife.com.np बाट समेत नतिजा प्रकाशित भएपछि हेर्न सकिने बिक्री प्रबन्धक कम्पनीले जानकारी दिएकाे छ ।





















