मुक्तक
मनको पिर आँखामा आउछ लुकाउ कसरी
नसुन्नेलाई मनको बेथा फूकाउ कसरी !!
सत्य बोल्दा बोल्दै पनि जिब्रो काटिएपछि,
शत्रुको सामु आफ्नो शिर झूकाउ कसरी !!
मुक्तक
असारैमा खेतको चिप्लो आली मनपर्छ
मंसिरैमा लहलह धानको बाली मनपर्छ !!
जवानीमा अन्नभक्त हुदै भन्ने गर्थ्यौ ऊ,
गोरी हैन हिस्सी परेकी काली मनपर्छ !!
सत्ताको मोह बढ्दै जाँदा देश भयो बेहाल
रित्तिएर राष्ट्रिय ढुकुटी देश हुदैछ कङगाल !!
सधैं स्वार्थमा रमाउने महाशय हरू हो होसियार,
तिम्रा काला कर्तुतले एकदिन पुग्नेछौ पाताल !!





















