काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराएकी हुन् ।
शपथ ग्रहण कार्यक्रमपछि देउवालाई बधाई दिने कार्यक्रम थियो । देउवालाई पहिलो बधाइ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दिएका छन् । त्यस्तै दोस्रो बधाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका छन् ।
राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।






















