चितवन / भरतपुर स्थित मानव सेवा आश्रम वाइपास रोडमा जेसि आई नारायणगढ लेडि द्वारा आइतबार आयोजना गरिएको रजत जयन्ती महोत्सवको चौथो कार्यक्रम तथा जेसिज सप्ताहको दोस्रो कार्यक्रम खाना खुबाउने कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा शाखा अध्यक्ष जेसि सम्झन प्रधान ज्युको अध्यक्षतामा तथा प्रमुख अतिथी मानव सेवा आश्रमका ब्यबस्थापन तथा चितबन जिल्लाको सम्योजक श्री निता केसि ज्युको प्रमुख आतिथ्यता तथा अतिथी नारायणगढ लेडि जेसिजको मातृत्व प्रदान नारायणगढ जेसिज बर्ष २०२१का महासचिव जेसि अमर घिमिरे ज्यु र निबर्तमान अध्यक्ष जेसि सकिला परियार ज्युको विशेष उपस्थिति रहेकोे थियो ।
उक्त कार्यक्रम संचालन मुल सम्योजक जेसि लक्ष्मी केसि ज्यु गर्नु भएको थियो भने सम्योजक तथा स्बागत मन्तव्य जेसि अनुराधा पन्त ज्यु राख्नु भएको थियो भने आस्था पाठ जेसि रिता गौतम तनडुकारले अगुवाई गर्नुभएको थियो र मिसन भिजन जेसि मानु श्रेष्ठ ज्युले भन्नु भएको थियो ।

उक्त खाना खुबाउने कार्यक्रममा लगभग १०० जना आमा बुबाहरुले खाना खानु भएको थियो नारायणगढ लेडि जेसिजले १ दिनलाई खाना पुग्ने रकम सहयोग गर्नु भएको थियो उक्त कार्यक्रममा बोर्डका सदस्यहरू ,पुर्ब सदस्य श्री अप्सरा श्रेष्ठ ज्यु ,साधारण सदस्य ज्यु हरु र नयाँ सदस्य बहिनी हरुको धेरै भन्दा धेरै उपस्थितिमा कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न भएको थियो ।






















