गोरखा / गोरखा अस्पतालमा कोरोनाबाट संक्रमित एकको मृत्यु भएको छ। गोरखा अस्पतालका अनुसार पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको छ।
कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राती १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो
कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।





















