मुक्तक
हेर गरिबको सरकार आएन मेरो आँखा ओभानो भएन
भोलि के खाने भन्ने चिन्ताले सतायो घरमा छानो भएन
आज फेरि बिबिसीले समाचार पठायो पिडाको बारेमा ।।
दुई छाक खान म हत्यरा बन्थे खुकुरी अनि अचानो भएन ।
मुक्तक
दुख हुदाँ सयौं मुरी सुख केही पाथी हुन्छ
त्यसैले त दुख पीडा मात्र यहाँ साथी हुन्छ
मेरो हास्यो तिम्ले लुट्यौं तिमीबाट लुट्छ अर्को
हास्ने ओठ भन्दा पनि रुने आँखा माथी हुन्छ ।





















