गोरखा / गोरखाको गोरखा – वारपाक सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सो सडकखण्डको दुई ठाऊँमा जमिन भासिँदा यातायातका साधन आवतजावत गर्न नसकिने अवस्था बनेको जिल्ला प्रहरी कायालय गोरखाले जनाएको छ ।
गोरखा- वारपाक सडकखण्ड अन्तर्गत वारपाक सुलिकोट वडा नम्वर २ मान्द्रमा सडक करीव ५० मिटर तल भासिएको हो ।
यस्तै अजिरकोट गाऊँपालिका वडा नम्वर ४ बालुवा वजार स्थित दरौंदी नदिको पक्की पुल नजिक बालुवातर्फको भूभागको करीव ३० मिटर सडक नदिले कटान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
पुलबाट सडक छुट्टिएर अवरुद्ध बनेको उनले जानकारी दिए ।





















