काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेको टिप्पणी गरेका छन् ।
‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् , १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्’, शनिबार पत्रकार सम्मेलनमा देउवाले भने, ‘प्रधानमन्त्रीसंग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ’
संसदमा बहुमत सांसदहरुको हस्ताक्षर आफुसंग भए पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।





















