काठमाडौँ / नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले हेलम्बुका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । शुक्रबार वाइसीएलको केन्द्रीय समितिका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाको नेतृत्वमा हेलम्बु पुगेर पीडित परिवारलाई राहत विरतण गरेको हो ।
.jpg)
बाढी पहिरोबाट अति प्रभावित हेलम्बुको चनौटे, किउल र बगरमा खाना पकाउने सबै सेट भाँडाकुँडा र खाद्यान्न वितरण गरेको वाइसीएलका महासचिव सुवोध शेर्पालीले बताए । शेर्पालीका अनुसार चनौटे, किउल र बगरका एक सय परिवारलाई प्रेसकुकुर, थाल, कराइ, बटुका, डाडु, पन्यौ, पानी खाने जगलगायत खाना पकाउने सबै सेट वितरण गरिएको हो । त्यस्तै उनीहरूलाई खाद्यान्न पनि वितरण गरिएको छ ।

राहत वितरण गर्न वाइसीएलका अध्यक्ष दिपशिखा, महासचिव शेर्पाली, सचिवहरू मिङ्माडण्डु शेर्पा, कसम गुरुङ, उमेश घोरासैनी, कोषाध्यक्ष राहुल महरा, वाइसीएल बागमती प्रदेश कमिटीका पदाधिकारी र वाइसीएल जिल्ला कमिटीका पदाधिकारीहरू गएका थिए ।

वाइसीएलले हिजो मात्रै विपत राहत कोष सञ्चालन गरेर हिजो नै तीन लाख रुपैयाँ संकलन गरेको थियो ।

विगतमा भएका विपत्तिहरूमा पनि वाइसीएल जनताको घरदैलोमा पुग्ने गरेको थियो । केही वर्षअघि तराइमा बढीले डुबान हुँदा वाइसीएल राहत लिएर पुगेको थियो । त्यस्तै २०७२ सालको भूकम्प होस् या अन्य विपत्ति होस् जनताको घरदैलोमा वाइसीएल पुग्ने गरेको छ ।






















