चितवन / कोरोना कहरको दोस्रो निषेधाज्ञा भईरहेको बेला अलि अलि हुनेहरु त जसो तसो खाइरहेका छन् आफ्नो जीवन बचाउने दौडमा घरभित्रै बसिरहेको एउटा यस्तो जमात र समुदाय पनि छ जो रोगले भन्दा पनि भोकले निसास्सिरहनु भएको छ। सुत्केरी अवस्थामा पनि भोकै बस्नु पर्ने बाध्यता आउन थालेको छ ।
भरतपुर ११ दरवारटोल निवासी प्रमिला श्रेष्ठ र अर्जुन श्रेष्ठको परिवारमा लकडाउनको समयमा श्रम गरेर जिविकोपार्जन गर्न नसक्ने खबर पाएपछि दु:खको साथी टोलीले एक महिनाको लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ। यस्तै कठिन समयमा मातातिर्थ औसीको दिनमा पनि सडक मानवको लागि दु:खको साथी परिवारले मानवका लागि मानव (सभ्यताको घर) लाई सहयोग गरि सकेको थियो ।
यो अवस्थामा रोग भन्दा पहिले भोकले कसैको जिन्दगीमा अतुलनीय क्षति नपुगोस् भन्ने उदेश्यको साथ दु:खको साथी परिवारले दीनदुखिको घरमा चुल्हो बाल्न सहयोग पुर्याउने दु:खको साथी परिवारले जानकारी गराउनु भयो ।






















