कहिल्यै पनि नमेटिने मुटु भित्र एउटा खिल छ
फूल जस्तै होला तिम्रो ढुङ्गा झैँ मेरो दिल छ ।
वाचा कसम तोडि गयौ बिच बाटोमै छोडी गयौ
मेरो सफर शन्यू शुन्यू तिम्रो सफर महफिल छ ।
व्यर्थै देखे तिमीलाई पाउने फगतको एक सपना
देखी हुन्न जो लेखियो निधारमा त्यही मिल्छ ।
डोलि चड्यौ उत्साहले ,टुक्राटुक्रा पार्यौ मुटु
वर्षात भयो नयनमा नेत्रजलको आँखा झिल छ ।
जति पर्छ मेरो भागमा मिलोस् खुसी
सधैंभरी हाँस्नु चन्द्रा पुनर्जन्म आँसु निल्छ ।
भुमिराज तिमल्सिना पुनर्जन्म
कालिकोट





















