केही दिन देखि एउटै कुरा लगातार सोच्दैछु
बनाउँन मिल्छ कि औँलालाई औजार सोच्दैछु ।
देश बेच्न मलाई मेरो इमानले दिँदैन
पसिना बेचेपछि फस्टाउला ब्यापार सोच्दैछु ।
जुन जस्तो हुनुपर्ने फूल जस्तो हुनुपर्ने
बदाम बेचेर हिँड्ने बैनीको अनुहार सोच्दैछु ।
दुर्गमको बाटो जहिले पनि दुर्गम भइरहन्छ
कस्तो लिएर आएछ त्यसले निधार सोच्दैछु ।
( नेपाली साहित्य जगतको शसक्त गजलकार दिर्गराज प्रियसीको गजल )





















