काठमाडौं / कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै शुक्रबारबाट पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ।
पशुपति क्षेत्र विकास कोषले जारी गरेको सूचनामा भोलिदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न रोक लगाएको हो ।
पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने कोषले जनाएको छ । सरकारले भिडभाड हुने क्षेत्रमा भिड नियन्त्रण गर्न अनुरोध गरेपछि पशुपतिनाथ मान्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाएको हो ।





















