काठमाडौं / नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ ।
संयुक्त प्यानलका अध्यक्ष विपुल पोखरेल २ हजार १ सय भन्दा बढीको अग्रता लिएपछि विजयउत्सब मनाउन थालिएको हो । नुवाकोट लगायत ५ वटा जिल्लाको मत परिणाम आउन बाँकी रहेकोले साँझ ५ बजेमात्रै औपचारिक घोषणा हुने बताइएको छ । यि सबै मत नआएपनि पोखरेल प्यानललाई पराजित गर्न सम्भव छैन ।
१३ हजार बढी मतदाता रहेको नेपाल पत्रकार महासंघ पहिलोचोटी प्रत्यक्ष निर्बाचन प्रणाली अपनाएको थियो ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको र एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।
निर्बाचन अधिकृतहरुका अनुसार पोखरेल प्यानलकै पदाधिकारीको अग्रता रहेको छ भने एकाधबाहेक प्यानल नै पोखरेल समुहको आउने पक्का जस्तै छ । यो सँगै ओली समर्थक पत्रकारहरुको यो चुनावमा लज्जाष्पद पराजय हुन पुगेको छ ।





















