काठमाडौं / नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरको छ। विगत २० वर्षदेखि खुला हुन नसकेको भन्सार एजेन्टको लागि विभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गर्दै आवेदन खुलाएको छ । चैत १६ गते अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले अनलाइन दरखास्त प्रणालीबाट भन्सार एजेन्टको आवेदन खुला गरेको हो ।
२१ वर्ष पूरा गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । त्यसको लागि स्नातक वा सो सरहको उत्तिर्ण गरी कम्प्यूटरसम्बन्धि कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ । नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने रकम बाँकी नभएको, कुनै फाजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् । www.custmos.gov.np वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन्।
परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ। दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ।























