काठमाडौं / मेलम्ची खानेपानी आयोजनाको महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको छ। आइतबार दिउँसो २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो ।
पहिलो चरणमा आज चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने केयूकेलले जनाएको छ ।
आजदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण सुरु गरिएको छ ।
केयूकेलले पानी आउने तालिका पनि जारी गरेको छ। मेलम्चीको पानी एक दिन बिराएर काठमाडौंका धारा–धारामा वितरण गरिने भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को जारी गरेको तालिका हेर्नोस्






















