काठमाडौं / नेकपा एमालेको संसदीय दलको बैठक नसकिदै नेता झलनाथ खनालले आफ्नो धारणा राखेर बालुवाटारबाट बाहिरिएका छन् ।
खनालले बैठकमा सर्वोच्चको फैसलाले एमाले पूर्ववत् अवस्थामा फर्किएको भन्दै पार्टीलाई एकताबद्ध र एकढिक्का बनाएर लैजान २०७५ जेठ २ गतेको अवस्थामा फर्किन अध्यक्ष ओलीसँग आग्रह गरेका छन् ।
खनालले विधि विधानभन्दा बाहिर गएर गरिएका निर्णयहरु खारेज गर्दै जेठ २ मा फर्किनुपर्ने बताएका थिए । बैठकमा खनालले दलको नयाँ विधानप्रति समेत आपत्ति जनाएका बुझिएको छ । उनले बैठकमा संविधानसभा दलको विधानको निरन्तरता हुन नसक्ने भन्दै नयाँ विधान बनाउन जोड दिएको सहभागी एक नेताले बताएका छन् ।





















