चितवन / चितवनमा राष्ट्रवादी विचार धारा बोकेको पत्रकारहरुको सहभागितामा मिडिया नेपाल स्थापना भएको छ । आज एक कार्यक्रमको आयोजना गरि समिक्षा पुरीको अध्यक्षतामा १५ जनाको कार्यसमिति बनेको हो ।
उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन हुनुभएको छ । सदस्यहरुमा अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिश्मा गुरुङ, दिपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण रानामगर, अनिशा खनाल र शर्मिला बि.क रहनुभएको छ । सल्लाहाकारमा दिपक पौडेल रहनुभएको छ ।
बागमति प्रदेश सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रिना गुरुङको उपस्थितिमा मिडिया नेपालको कार्यसमिति गठन भएको हो । उहाँले नयाँ कार्यसमितिलाई शुभकामना दिदै देशलाई पत्रकार नभई राष्ट्रवादी पत्रकारको खाचो रहेकोमा जोड दिनुभएको थियो ।
मिडिया नेपालका केन्द्रीय सदस्य शंकर निर्देशले संगठनलाई चुस्त दुरुस्त बनाउन क्रियासिल भएर लाग्न सुझाव दिनुभएको थियो । राप्रपा प्रदेश सदस्य ज्ञानु जङ्ग लामाले देशको चौंथो अंग पत्रकारले सत्य तथ्य समाचार लेखनमा कलम चलाउनु पर्ने बताउनुभयो । न हड्बडाई नडराई कलम चलाउदै संप्रेसण गर्न आग्रह गर्नुभयो ।
राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले देशलाई सकारात्मक र नकारात्मक कुन दिशमा लग्ने पत्रकारको हातमा हुने बताउनुभयो । सिद्धान्तमा बसेर सकारात्मक भूमिका निर्वाहा बहन गर्नुपर्ने उहाँको भनाई थियो ।
मिडीया नेपाल चितवन शाखाका अध्यक्ष समिक्षा पुरीले मिडीया नेपाललाई मजबुत बनाउदै राष्ट्रवादि पत्रकार जन्माउन तिर अग्रसर रहने प्रतिवद्धता गर्नुभएको छ । पत्रकारहरुको पेशागत सुरक्षा, हकहितको संरक्षण, पत्रकारहरुको क्षेमता बृद्धि लगायतका काम मिडीया नेपाल अग्रसर रहेने उहाँको भनाई थियो ।
कार्यक्रममा मिडीया नेपालका केन्द्रीय सदस्य राजेन्द्र कार्की, प्रदेश सदस्य गीता गुरुङ, आशिका थापा, राप्रपा चितवनका उपाध्यक्ष जिवलाल पुरी, क्षेत्र नं.३ का अध्यक्ष मदन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
उपस्थिति सम्पुर्णले नयाँ कार्यसमितिलाई अविर र दोसल्लाले सम्मान गरि शुभकामना दिनुभएको थियो । मिडीया नेपालका सचिव प्रतिमा कुमालले कार्यक्रमको सहजि करण गर्नुभएको थियो ।
मिडिया नेपाल चितवनको अध्यक्षतामा समिक्षा पुरी
मिडिया नेपाल चितवनको अध्यक्षतामा समिक्षा पुरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















